Sagun Khabar
नेपालगञ्ज बाट काठमाण्डौं जादै गरेको यात्रुबाहक बस राप्ती नदीमा खस्यो

 दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट नेपालगञ्ज बाट काठमाण्डौं जादै गरेको यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । 

भे. १ख ३९१२ नम्बरको बस बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

शुक्रबार राति साढे १० बजेतिर पुलबाट बस खसेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले जानकारी दिए ।

 

पुलबाट खसेको बस राप्ती नदीको किनारमा रहेको बगरमा बजारिएको छ । 

इन्स्पेक्टर सिंहका अनुसार अहिले उद्धार कार्य चलिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन सकेको छैन ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update