Sagun Khabar
अपडेट - राप्ती नदीमा बस खस्दा पाँच यात्रुको मृत्यु 

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहक बस खस्दा पाँचजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुलेको छैन ।  

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार शवहरू गाडीले च्यापिएको अवस्थामा रहेका छन् । शव निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट एक्कासी नदीमा खसेको हो । 

बसको आधा भाग पानीमा र आधा बाहिर रहेको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि भालुवाङ अस्पतालमा लगिएको छ ।  

#Nayapatrika

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update