Sagun Khabar
स्राेत नखुलेकाे २ कराेड ३० लाख रुपैयाँसहित ४ जना पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – राजस्व अनुसन्धान विभागको टोलीले काठमाण्डाैकाे क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि रकम फेला परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा अग्रवाल र उनका ३ जना सहयोगी रहेका विभागले जनाएको छ । बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update