Sagun Khabar
राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक
स्वास्थ्य सन्देश
Atrya hospital

 काठमाण्डाै –- राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने जनाएको छ ।

आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update