Sagun Khabar
सुदूरपश्चिमको राजधानी दिपायल सार्न माग

 सुदूरपश्चिम प्रदेशको राजधाजी सार्ने विषयमा फेरि आवाज उठेको छ । मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको तेस्रो तथा हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रदेश राजधानी डोटीको दिपायल सार्ने आवाज उठेको हो ।

प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद शिवसिंह ओलीले कैलालीबाट डोटीमा राजधानी सार्न माग गरेका हुन् । ‘अहिलेसम्म संघीय सरकारबाट प्रदेश राजधानीका निम्ति एउटा जग्गा प्राप्ति पनि गर्न सकेका छैनाैं’ उनले भने, ‘म आग्रह गर्दछु पुरानो क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलमा त्यत्रो २ हजार जना अट्ने क्षमताको सेती सभा हल छ । सबै मन्त्रालय अट्ने संरचना बनेका छन् । प्रदेशको प्रतिष्ठान त्यही छ । त्यहाँ राजधानी बनाउँदा के घाटा पर्थ्यो ?’

स्वास्थ्य सन्देश
Atrya hospital

उनले प्रदेशवासीको मनोविज्ञान र मनोआकांक्षा बुझेर फेरि एकपटक प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई पुनर्विचार गर्न र सबैलाई पायक पर्ने दिपायल सार्न आग्रह गरेका छन् ।

यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा राजधानी तय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update