Sagun Khabar
बसको ठक्करबाट पूर्वमन्त्रीको निधन
स्वास्थ्य सन्देश
Atrya hospital

बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ। नवलपुरमा बसको ठक्करबाट ६३ वर्षको उमेरमा उनको निधन भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो। पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए। उनी चितवनको भरतपुर महानगरपालिका –१७ बेलुवाका स्थायी बासिन्दा हुन्।

पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए। उनी कांग्रेसको महासमिति सदस्यसमेत हुन्। बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोलाका २६ वर्षीय बिष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update