Sagun Khabar
चट्याङ लागेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ का ८४ बर्षीय दलबहादुर बुढाको बुधबार राति चट्याङ लागेर मृत्यु भएको हो । 

राति घरमा चट्याङ पर्दा दलबहादुर मृत्यु भएको र घरका अन्य सदस्यहरु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

चट्याङका कारण गोठमा बाँधेका दुई बाख्रा समेत मरेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update