Sagun Khabar
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ बढ्यो
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज दश रुपैयाँ घटेर १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update