Sagun Khabar
व्यापारी अरुण चौधरी पक्राउ 

काठमाण्डौं –प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो ।सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । 

त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update