Sagun Khabar
सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – सङ्घीय संसद् सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन् । 

नियुक्त हुनुअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिवबाट राजीनामा दिएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update