Sagun Khabar
नेपाल–अस्ट्रेलियाबीच व्यापार र लगानीसम्बन्धी सम्झौता
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा सम्झौता भएको उनको सचिवालयले जनाएको छ ।

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महत्त्वपूर्ण हुने बताएका छन् । 

सम्झौतामा हस्ताक्षर गर्नुभएका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ’, सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले सामाजिक सञ्जाल ’एक्स’ मा लेखेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update