Sagun Khabar
भ्रष्टाचारको आरोपमा  भीम उपाध्यासहित १५ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update