Sagun Khabar
श्रीमती र दुई छोरीको हत्यापछि श्रीमान् फरार
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौँ– काठमाडौँको स्वयम्भूमा तीन जनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९–४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो ।
हत्या भएकामा सात–आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन् । 

’घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने । दुई तले घरको भुइँ तलामा घटना भएको हो । घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ। घटनापछि उनी फरार भएका छन् । उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update