Sagun Khabar
प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ गौतमसहित १० जना पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ परेका छन् ।

बैंकिङ कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० जनालाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीका प्रमुख किरण बज्रचार्यले विभिन्न अनियमिततामा संलग्न भएको आरोप लागेको र राष्ट्र बैंकले आग्रह गरेपछि पक्राउ गरिएको जानकारी दिए ।

सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको उनीहरूमाथि आरोप छ । सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रूपमा कार्यरत छन् । देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई ऋण प्रवाह गर्दा अनियमितता गरेको आरोप लागेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update