Sagun Khabar
घरको जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु   भएको छ । बाजुरामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक किशोरको मृत्य भएको हो । 

जगन्नाथ गाउँपालिका(६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका(२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले  जनाएको छ  ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update