Sagun Khabar
बाजुराको बडिमालिकाका महिला कर्मचारीबिच पालिकाभित्रै कुटाकुट
स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चि प्रदेशको एक पालिकाका महिला कर्मचारीबिच कुटाकुट भएको छ । बाजुराको  बडिमालिका नगरपालिकामा पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको हो ।

यो घटना शुक्रवार घटेको  बताइएको  छ । स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रञ्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण उनिहरु बिच लफडा भएको बताइएको छ ।

कुटाकुटपछि सुर्यबंसी  अस्पताल भर्ना  छिन् । दुबैलाई चोट लागेकोमा  सुर्यबंसी भने अस्पतालमा उपचाररत छिन । लफडाको विषयमा  छानबिन हुने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update