बैतडी- बैतडीमा अवरुद्ध विद्युत सेवा अझै सुचारु भएको छैन् । आइतबार बिहान देखि अवरुद्ध विद्युत सेवा अझै सुचारु नभएको हो । शनिवारको हावाहुरीले ११ केभी प्रसारण लाइनमा समस्या आएकाले विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम बाँहेकका क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको हो ।
विद्युत प्रसारण लाइनमा समस्या आएका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले बताए। लाइनमा समस्या देखिएपछि प्राविधिकहरु खटिएर मर्मत भैरहे पनि विद्युत सेवा सुचारु हुन सकेको छैन्। आइतबार देखि प्राविधिकहरु खटिएर मर्मतको काम भैरहेको विद्युत कार्यालयका सुपरभाइजर लेखकले बताए ।
प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन नसकेको उनले बताए । ‘आइतबार देखि साइडमै छौँ, हिजो देहिमाण्डौमा लाइटिङले ध्वस्त पारेको डिस्कहरु चेन्ज गरेका हौँ, अब कुन ठाउँमा समस्या छ पत्ता लागेको छैन, “अवरुद्ध विद्युत् सेवा सुचारु गर्न खटिएका छौँ उनले भने,।”
विद्युत सेवा बन्द हुँदा उपभोक्ता समस्यामा छन्। विद्युत सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन्। विद्युत सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय दिनेश प्रशाद भट्टले बताए । दशरथचन्द नगरपालिकाको देहिमाण्डौँ , गुरुखोला लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ । यस्तै सुर्नया , पाटनमा पनि हिजो देखि बिजुली छैन् । प्रशारण लाइन मर्मतको कार्य जारी रहेकाले बेलुका सम्म बत्ति आउन सक्ने सुपरभाइजर लेखकले बताए ।




