Sagun Khabar
ओली बालकोटबाट बालुटारतिर, भन्छनः प्रधानमन्त्रीले चिया खान बोलायो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।   केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटारतर्फ प्रस्थान गरेका हुन् । बालुवाटार जाने क्रममा आफ्नै निवास परिसरमा उपस्थित सञ्चारकर्मीसँग ओलीले संक्षिप्त प्रतिक्रिया दिए । उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ‘टीआरसी’ मिलाउनु पर्ने बताए ।

उनले प्रधानमन्त्रीले बोलाएका कारण आफू बालुवाटार जान लागेको पनि प्रस्ट पारे । ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो,’ ओलीले भने, ‘यसो चिया खान बोलाएको होला ।’ उनले सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्न उपयुक्त हुने बताए । ‘सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीले जान्ने कुरा हो,’ उनले भने ।

स्वास्थ्य सन्देश
Atrya hospital

 

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update