Sagun Khabar
बालुवाटारमा  प्रचण्ड, ओली र रविबीच छलफल जारी
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौं, - प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ। सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

माओवादीको पदाधिकारी बैठक सकिएलगत्तै नयाँ गठबन्धनका तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update