बैतडी- एमाले बैतडीको अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन् । एमाले बैतडीको अधिवेशन नजिकिएका बेला अध्यक्ष पदमा पाँच जना नेता अकांक्षी देखिएका हुन् ।
नेकपा एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारी, प्रदेश कमिटि सदस्य नरेश बिक, एकीकृत समाजवादी छाडेर आएका नेता नरेन्द्र बहादुर विष्ट, अनेरास्वबियूका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरी र नेता हजारी साउँद अध्यक्ष पदका लागि अकांक्षी देखिएका हुन् । नरेन्द्र विष्ट पुराना एवं बौद्धिक नेताका रुपमा परिचित छन् । लामो समयदेखि पार्टीमा आवद्ध दलित अगुवा नरेश बिक पनि अध्यक्ष पदका लागि कस्एिका छन् ।
नरेश बिक, नरेन्द्र बिष्ट र हजारी साउँद एमाले बैतडीको अग्रज नेताका रुपमा चिनिन्छन्। नरेन्द्र बिष्टलाई बैतडीमा कम्युनिस्ट नेताहरुमध्ये उत्कृष्ट नेताका रुपमा चिनिन्छन्। लोकेन्द्र भण्डारी र गोविन्द गिरी युवा जुझारु नेता हुन्। लोकेन्द्र भण्डारी बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । समसामयिक राजनीतिमा दखल राख्ने नेताका रुपमा लोकेन्द्र चिनिन्छन भने उनि पार्टीमा लोकप्रिय समेत छन् ।
जिल्ला कमिटिको पदाधिकारीमा रहेर काम गरेका भण्डारी प्रभाव राख्ने नेताको रुपमा चिनिने गरेका छन्।सानै उमेरदेखि विद्यार्थी राजनितिमा सक्रिय रहेका गोबिन्द गिरी केन्द्रिय राजधानीमा राम्रो छाप राखेका नेता हुन्। उनी पनि अनेरास्वबियूमा लोकप्रिय नेताका रुमा चिनिन्छन ्। नयाँ र पुराना नेता आकांक्षी देखिए पनि सहमतिबाट नेतृत्व चयन हुने पार्टीका नेताहरु बताउँछन् । अध्यक्ष पदमा नेतृत्व हाँक्न सक्ने नेताहरुको दावी रहेपनि निर्वाचन विना नेतृत्व चयनको प्रयास हुने नेताहरुको भनाई छ ।
बैतडीबाट निर्वाचित संघीय सांसद एवं एमाले केन्द्रिय सदस्य दामोदर भण्डारीको गृह जिल्लामा सहमतीबाटै नेतृत्व टुगिंने प्रयास भैरहेको हो । एमाले बैतडीको अधिवेशन यहि फागुन २८ र २९ गते हुँदै छ । पाटनमा हुने नवौँ अधिवेशनका लागी अहिले तयारी तिब्र पारिएको छ। अधिवेशनका लागी पार्टीले जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधी छनौट गरेर अन्य आन्तरिक तयारी भैरहेको जनाएको छ ।




