Sagun Khabar
कर्णाली सरकारबाट बाहिरियो कांग्रेस 
स्वास्थ्य सन्देश
Atrya hospital

सुर्खेत –कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । कांग्रेसका तीन पत्रकार सम्मेलन गरेर आफ्नो पदबाट राजीनामा दिएका छन् । 

अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार वीसीले पदबाट राजीनामा दिएका हुन् । 
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको मन्त्रीहरूले बताएका छन् ।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update