Sagun Khabar
त्रिशुलीमा रात्रिबस खस्यो, चार जनाको मृत्यु 

काठमाण्डौ – धादिङको घाटबेँसीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ३० जना भन्दा धेरै यात्रु घाइते भएका छन् । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो ।

बिहान भएको दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरुको परिचय खुल्न बाँकी नै छ । बस झण्डै एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा ३० जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ ।

बसचालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।  
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update