Sagun Khabar
रास्वपाले गृहसहित चार मन्त्रालय पाउने
स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित चार मन्त्रालय पाउने भएको छ । गृहसहित चारवटा मन्त्रालय पाउने सहमति भएको रास्वपा स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसहित पुरानै मन्त्रालयमा तयारी गर्न भनेका छन् ।

'प्रधानमन्त्रीले गृहसहित पुरानै मन्त्रालयमा तयारी गर्नुस् भन्नुभएको छ । यसपटक पनि चार मन्त्रालय पाउने सहमति भएको छ,' रास्वपा स्रोतले भन्यो । १० पुस २०७९ मा सरकारमा सहभागी हुँदा रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । तर, यसपटक चारवटै फूल मन्त्रालय पाउने सहमति भएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update