Sagun Khabar
सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

बैतडी– सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । हिजोको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि हिजो सुन तोलाको एक लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा सुनको भाउ प्रतितोला एक लाख २७ रुपैयाँ पुगेको बैतडी सुनचाँदी व्यवसायी संघले जनाएको छ । काठमाण्डौंको तुलनामा बैतडीमा प्रतितोला दुई हजार थप हुने गरेको बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश पौडेलले बताए । 

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा एक हजार चार सय ४० रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले बढेर एक हजार चार सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update