Sagun Khabar
कांग्रेसलाई प्रचण्डको जवाफ : आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् ।

‘आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन’, प्रचण्डले भने,‘…राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो ।’आफूले सोच विचार गरेर नै कदम चालेको भन्द उनले आफ्नो कदमलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाका आधारमा हेर्न आग्रह गरे ।नेपाली कांग्रेसको बिहीबार नै बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड राजनीतिक बेइमान भएको निश्कर्ष निकालेको थियो ।

 

स्वास्थ्य सन्देश
Atrya hospital

 

 

 

 

‘म संसदमा भएको कुनै पनि दलसँग अविश्वास आशंका र घृणा होइन । हामी फेरि पनि राष्ट्रिय इस्यूमा मिलेर अघि बढ्नुपर्छ’, उनले भने ।कांग्रेससँगको सहकार्य सौहार्दपूर्ण रहेको र कांग्रेस नेताहरुसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको प्रधानमन्त्री प्रचण्डले बताए । तर राजनीतिमा व्यक्तिगत सम्बन्धको ठूलो अर्थ नहुने उनले बताए ।

कांग्रेससँगको सहकार्यका क्रममा सरकारले परिणाम दिन नसकेको प्रचण्डले बताए । ‘औसत उपलब्धीको आत्मरितको पिँजडामा म रमाउने अवस्थामा थिइनँ, र अहिले पनि छैन’, उनले भने ‘एक वर्ष कार्यकाल पूरा गर्दा साथीहरुले व्यक्तिहरुको रुपमा त मलाइ माया गर्नुभयो परिवर्तन र सुशासनको पक्षमा जति न्याय गर्नुपथ्र्यो त्यति गर्नुभयो ।’

सरकारको गतिबाट आफू असन्तुष्ट भएको कुरा धेरै पहिलेदेखि भने पनि कांग्रेसबाट सहयोग नपाएको प्रधानमन्त्रीको आशय थियो । ‘औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर आफ्नो लक्ष्य अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा मैले दोस्रो विकल्प रोजेँ’, प्रचण्डले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update