Sagun Khabar
बिजुलीको पोल ढलेर करेन्ट लाग्दा दुई जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कालीकोट — कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीय रोहनकुमार विष्टले बताए ।

केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंगा कृषक हुन् । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताए । 

घटनाका बिषयमा अनुसन्धान भइरहेको कालीकोट प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update