Sagun Khabar
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – भोलि हुने राष्ट्रिय सभा अध्यक्षको लागि नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी तथा समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् ।

यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरे पनि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । राष्ट्रिय सभा अध्यक्षको लागि भोलि चुनाव हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update