Sagun Khabar
दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार  गर्ने  बेहुला   विवाह मण्डपबाटै पक्राउ

दाइजोमा सुनको सिक्री नपाउँदा विवाह गर्न अस्वीकार गरेपछि बेहुला पक्राउ परेका छन्। दाइजोमा तय भएको सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेर बेहुला मण्डपबाटै उठेपछि पक्राउ परेका हुन्।

बेहुला बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमा चोकका उमेश साहसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो।

पर्साको वीरगन्ज महानगरपालिकामा २४ वर्षीया युवतीसँग सोमबार राति साहको बिहे तय भएको थियो। वरमाला विधि भइसकेपछि बेहुलाले सुनको सिक्री नदिएको भन्दै विवाह गर्न इन्कार गरेपछि विवाद भएको थियो।

स्वास्थ्य सन्देश
Atrya hospital

बेहुला पक्षले जन्ती फर्काएपछि बेहुलासहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बेहुला पक्षका केहीलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। 

 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए। बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्।

१२ लाख रुपैयाँ, मोटरसाइकलबापत तीन लाख २५ हजार रुपैयाँ, एक थान ल्यापटप तथा एक–एक थान सुनको औँठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा विवाह तय भएको बताइएको छ। ती सबै सामान बिहेअघि नै दिइसकेको बेहुली पक्षले बताएको छ।नयाँ पत्रिकाबाट 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update