Sagun Khabar
स्याउला काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा लडेर एक महिलाको  मृत्यु  भएको  छ ।  जिल्लाको  सिगास गाउँपालिका  वडा नं  ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

बिहीवार घर नजिकैको खरबारीमा  बाख्राका लागि स्याउला काट्ने  क्रममा बोहरा रुखबाट लडेर गम्भीर  घाइते भएकी थिइन् ।

घाइते बोहरालाई  उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सिगास गाउँपालिका वडा नं  ४ का  वडा अध्यक्ष हरि सिंह बोहराले  बताए । मृत्युवरण गरेकी बोहराको घरमा श्रीमान र तीन छोरा रहेका बताइएको  छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update