Sagun Khabar
बैतडीको पाटनलाई नयाँ शहर बनाउन जग्गा एकीकरणको तयारी

बैतडी- बैतडीको पाटनलाई नयाँ शहर बनाउने योजना अन्तर्गत जग्गा एकीकरण अर्थात ल्याण्डपोलिङको काम अगाडी बढ्ने भएको छ । पाटन नयाँ शहर आयोजनाले पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने नगाडीबाडाको जग्गा एकीकरणको तयारी थालेको हो ।  पाटन नयाँ सहर आयोजना अन्तर्गत डोबरा, लामाखेत, मेलतडा र नगाडीबाडाको ठाउँमा जग्गा एकीकरण गरी बस्ती विकासका कामलाई अघि बढाउने योजना छ ।

पहिलो चरणमा  नागाडीबाटाबाट जग्गा एकीकरणको काम थालनी गरिन लालागिएको  पाटन नयाँ सहर आयोजनाका आयोजना प्रमुख भुपराज पौडेलले बताए ।जसका लागि बिहीबार जग्गा धनी र पाटन नगरपालिकाका जनप्रतिनिधीहरु बिच पाटन नयाँ शहर आयोजनाले छलफल गरेको छ । डोबरा क्षेत्रमा ४५ प्रतिशत बढी काम भएपनि जग्गा एकीकरणमा सहमति जुट्न नसकेको सूचना अधिकारी रोहीत भण्डारीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

पाटन नयाँ शहर अन्तर्गतका रिंगरोड, कर्भड हल निर्माण, बसपार्क निर्माण, ढल निकास, कोल्डस्टोर निर्माण, खानेपानी योजना लगायतका कामहरु भने अघि बढेका इन्जिनियर भण्डारीले बताए । पाटन बजार क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि ल्याण्डफील साइड निर्माणको काम समेत भईरहेको आयोजना प्रमुख पौडेलले बताए । नयाँ शहरले निमार्ण गरिरहेको ११ वटा पुराना योजनामा अहिले बजेट छैन्  ।

लामो समय सम्म काम सम्पन्न नभएर बजेट फ्रिज भएकाले अहिले बजेट माग गरिएको बताइएको छ ।  १० बर्षपछि नयाँ शहरको कार्यालयले पाटनमै बसेर काम गर्ने कार्यालय प्रमुख पाएपछि नयाँ शहरले गती लिने विश्वास लिएको छ । सरकारले २०६८ सालमा मध्यपहाडी लोकमार्ग अन्तर्गत १० शहरलाई नमूना शहरको रुपमा विकसित गर्ने निर्णय गरेको  थियो ।

 पाटन नयाँ शहर घोषणा भएको एक दशकभन्दा बढी भइसक्दा समेत जग्गा एकीकरणको काम अघि बढ्न सकेको थिएन्  । जग्गा एकीकरणको तयारी थालिएपछि  नयाँ शहर बन्ने   आशा पलाएको विकास प्रेमि नागरिकहरुको  भनाई  छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update