Sagun Khabar
बैतडीको शर्मालीमा सम्पन्न स्वास्थ्य शिविरमा ३२४ जनाले लिए सेवा
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-   बैतडीको शर्मालीमा सम्पन्न विशेषज्ञ स्वास्थ्य शिविरमा ३२४ जनाले सेवा लिएका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाको शर्माली स्वास्थ्य चौकीमा सञ्चालन भएको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा २३४ महिला र ९० जना पुरुषले सेवा लिएका हुन् ।

 शिवनाथ गाउँपालिका सहयोग र स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा संचालन भएकोे एकीकृत स्वास्थ्य शिविर ३२४ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरिक्षक तिर्थराज भट्टले जानकारी दिए ।  शिविरमा प्रजनन तथा यौन रोग सेवा,पुरुष बन्ध्याकरण,अपाङ्गता वर्गीकरणका लागी स्वास्थ्य परिक्षण सेवा, र मानसिक स्वास्थ्य सेवा दिइएको उनले बताए ।

 शिविरमा सेवा पाएपछि नागरिकहरु खुसि भएका छन् । घरपाइकमै स्वास्थ्य  सेवा पाएपछि नागरिकहरु खुसि भएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update