Sagun Khabar
अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा काठमाडौंलाई   हराएर  बैतडीको मेलौली सेमिफाइनलमा
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा काठमाडौं महानगरपालिकालाई हराएर बैतडीको मेलौली नगरपालिका टोली सेमिफाइनलमा पुगेको छ ।

आज सम्पन्न क्वाटरफाइनलमा काठमाडौंलाई २४-५६ को सेटमा हराउदै मेलौली अन्तिम चारमा सुरक्षित भएको मैलौली नगरपालिकाका नगर खेलकुद संयोजक सागर भण्डारीले जानकारी दिए ।
मेलौलीले सेमिफाइनलमा अब भिमदत्त नगरपालिकासंग भिड्नेछ ।

अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रो र चौथोलाई ५० हजार पुरस्कार राखिएको छ।
नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बैतडीको मेलौली नगरपालिका पनि सहभागि भएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update