Sagun Khabar
कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेरेपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले वेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। दोस्रो बैठक सुरू भएलगत्तै कांग्रेस सांसदहरूले वेल घेराउ गरेका हुन्।

सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। लगत्तै कांग्रेस सांसदहरू वेलतर्फ अघि बढेका थिए। उनीहरूले 'सहकारी पीडितलाई न्याय दे' भन्दै नाराबाजी गरेका थिए।

स्वास्थ्य सन्देश
Atrya hospital

 साथै उनीहरूले गृहमन्त्रीको राजीनामा पनि मागेका थिए।कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकोले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जबाफ दिनुपर्ने माग गरिरहेका छन्।  सभामुख घिमिरेले आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाउँदै चैत ४ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update