Sagun Khabar
खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बैतडीका एक युवकको  मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । खाना पकाउने  ग्यास लिक भएर आगलगाी हुँदा जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ६ भूमिराज कफलढुङ्गाका २० वर्षिय मदन अवस्थीको भारतको बेंगलोरम मृत्य भएको हो ।

आफन्त  स्रोतका अनुसार केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर भएका थिए । आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए ।

अवस्थी रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतको बेंगलोर गएका बताइन्छ । अवस्थीको कलिलै उमेरमा मृत्यु भएपछि घरपरिवार र आफन्त शोकमग्न भएका वडा अध्यक्ष साउदले बताए । अवस्थी अविबाहित हुन ।   उनको घरमा वृद्ध हजुरबुबा र आमा रहेका बताइएको  छ ।  
  

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update