Sagun Khabar
बैतडीको मेलौलीले जित्यो अन्तरपालिका महिला कबड्डी प्रतियोगिताको उपाधी 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- अन्तरपालिका महिला कबड्डी प्रतियोगिताको उपाधी बैतडीको मेलौली नगरपालिकाले  जितको छ । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा बुटबल उप–महानगरपालिकालाई हराएर बैतडीको मेलौली नगरपालिकाले  उपाधी  जितेको हो ।

आज सम्पन्न  फाइनल खेलमा बुटबलं उपमहानगरपालिका रुपन्देहीलाई हराउदै मेलौली नगरपालिका विजयी भएको मेलौली नगर खेलकुद संयोजक सागर भण्डारीले जानकारी दिए । उपाधी संगै मेलौलीले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको उनले बताए ।

नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दार्चुलाको महाकाली नगरपालिका, बैतडीको मेलौली नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका, बुटवलउपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिका, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बनेपाको पनौति नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका गरी १७ वटा पालिकाले सहभागिता थियो । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update