Sagun Khabar
बैतडीमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा सम्पन्न 

बैतडी—बैतडीमा चालु आर्थिक बर्षमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयको आयोजना तथा डिलाशैनी गाउँपालिकाको समन्वयमा गोकुलेश्वरमा अर्धबार्षिक समीक्षा शनिबार सम्पन्न भएको हो । 

दुईदिन सम्म सञ्चालनको भएको समीक्षामा जिल्लाका १० ओटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बिषयमा छलफल भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

समीक्षा कार्यक्रममा १० ओटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले पालिकामा सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमहरुको बारेमा जानकारी दिनुकासाथै सम्पन्न भएका क्रियाकलापहरुको बारेमा जानकारी दिए ।

अर्धबार्षिक समीक्षामा पालिकाहरुमा सञ्चालित स्वास्थ्य कार्यक्रम र तिनको अवस्थाका बिषयमा छलफल भएको छ । अर्धबार्षिक समीक्षामा पालिकाहरुले स्वास्थ्यको क्षेत्रमा सम्पादन गरेका कामहरुको बारेमा जानकारी दिइएको थियो ।

अर्धबार्षिक समीक्षाबाट प्राप्त तथ्यांकका आधारमा आगामी दिनमा कार्यक्रम सञ्चालनमा सहजता हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।

यस्तै अर्धबार्षिक समीक्षा कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा पनि छलफल भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली र नागरिक आरोग्य केन्द्रहरुमार्फत सञ्चालित कार्यक्रमको बारेमा जानकारी दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मत चन्दले बताए । 

अर्धबार्षिक समीक्षामा पालिकाहरुबीच सिकाइ आदानप्रदान समेत भएको स्वास्थ्य प्रमुख भट्टले बताए । पालिकाहरुले सञ्चालन गरेका राम्रा र नवीनतम् कामहरुको अनुसरण गर्न सबैलाई सहज भएको उनले बताए ।

अर्धबार्षिक समीक्षा कार्यक्रमले जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुलाई अझै प्रभावकारी बनाउन सहयोग पुगेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update