Sagun Khabar
बझाङमा ट्याक्टर दुर्घटना हुँदा बैतडी घर भएका चालक घाइते

बैतडी- बझाङमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको तलकोट गाउँपालिका – १ को सुनिगाड पुल नजिकै ट्याक्टर दुर्घटना भएको हो। शनिवार दिउँसो तलकोटबाट सदरमुकाम चैनपुर जानेक्रममा सुनिगाड पुल नजिकै से २ त ३५४७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेको छ। ट्याक्टर चालक बैतडीको पुर्चौंडी नगरपालिका–४ का ३५ वर्षीय सागर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताए। सूचना अधिकारी चौधरीका अनुसार चालक बोहराको टाउको, बायाँ आँखा र ढाडमा चोट लागेको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update