Sagun Khabar
बैतडीमा रुखबाट खसेर ३६ वर्षिय   युवकको  मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा  रुखबाट खसेर  एक युवकको  मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ७ कुलाखोलाका अन्दाजी ३६ वर्षिय  युवक  हरिभान ऐेरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।

शनिवार बिहान ६ बजे तिरको समयमा आफ्नै घर नजिकैको  खरबारीमा वस्तुभावका लागि  स्याउला काट्न  रुखमा चढेका उनको  खसेर घटनास्थलमै मृत्यु भएको   पारिवारिक स्रोतले जनाएको  छ । । मृतक ऐेरका  घरमा श्रीमती र  ४ छोराछोरी रहेको बताइएको छ ।

गत बिहीवार पनि  सिगास गाउँपालिका वडा नं ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update