Sagun Khabar
बैतडीमा भन्सार छलीका सामग्री बरामद 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीमा प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट शनिबार खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका ५ धारीगाडमा भन्सार छलीका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

बेवारिसे अवस्थामा खानेतेल, जीरा, मिठाई, लुगा धुने सोडा, कापी,डट्पेन, चप्पल लगायतका २२ हजार ४ सय ९५ रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । शनिबार साँझ ६ बजेतिर बेवारिसे अवस्था राखिएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 

बरामद गरिएको उक्त सामग्री आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update