Sagun Khabar
बैतडीको कलौना देखि देउमडा जोड्ने सडक निर्माण  सुरु

बैतडी- बैतडीको कलौना देउमडा सडक विस्तार सुरु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ को कलौना देखि दशरथचन्द नगरपालिका वडा नं १ देउमडा जोड्ने सडक विस्तार कार्य सुरु भएको दोगडाकेदार गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष कालु राम सार्की जानकारी दिए ।

अहिले वडाका शखा सडककहरु धमाधम कटिङ भैरहेका उनले बताए । पालिकाको बजेटबाट सडक विस्तार कार्य भैरहेको  वडा अध्यक्ष सार्कीले बताए । यस्तै  सिल्लेगडा लेकथला हुँदै  क्याम्पस जोड्ने सडक निर्माण  कार्य पनि सुरु भएको उनको  भनाई छ । लेकथला टोलका नागरिकहरुलाई यातायातको  पहुँच भित्र ल्याउन अहिले  सडक निर्माण  भैरहेको वडा अध्यक्ष सार्कीले बताए ।  

स्वास्थ्य सन्देश
Atrya hospital

वडा कार्यालय डाँङा देखि कलौना हुँदै अहिले दशरथचन्द नगरपालिका १ देउमडा जोड्न सडकमा धमाधम काम भैहरेको  छ । दोगडाकेदारको कलौना देखि दनपाको देउमडा सम्म सडक विस्तार भए आफुहरुलाई सदरमुकाम आउन धेरै सहज हुने दोगडाकेदार गाउँपालिका ३ कलौनाका स्थानीय युवा शम्भु राज गिरीले बताए ।

यातायातको पहुँच बाहिर रहेका नागरिकहरुलाई सडक सञ्जाल संग जोड्ने काम भैरहेको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update