Sagun Khabar
पदीय जिम्मेवारी  पुरा नगरेको भन्दै विद्यालयबाट निकालिएका  बैतडीका करबिरले न्याय पाए

बैतडी- बैतडीको पाटन नगरपालिका वडा नम्बर १ स्थित  शिद्धेश्वर मावि मेल्लचोरामा कार्यरत लेखापाल करबिर भट्टराईले  न्याय पाएका छन् । गत बर्षको फागुन १३ गते विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले उनलाई विद्यालय कर्मचारीबाट हटाउने निर्णय गरेको थियो । विद्यालयबाट हटाउने निर्णय गरेपछि उनले उच्च अदालत दिपायलमा   रिट निवेदन दायर गरेका थिए ।

आफु माथि अन्याय भएको  भन्दै गरेको मुद्धामा उच्च अदालतको उत्प्रेषणयुक्त परमादेश जारी भएको हो । शिद्धेश्वर मावि मेल्लचोरा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिवावक संघले गरेको लेखापाल हटाउने निर्णय गैरकानुनी रहेको उच्च अदालत दिपायल इजलास महेन्द्रगरले ठहर गरेको छ । उच्च अदालतले परामादेश  जारी गरेर निवेदक करबिर भट्टराईलाई एक वर्षको पारिश्रमिक पाउने गरी हाजिर गराई कामकाज गर्न दिन भनेको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

विपक्षीहरुका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । करबिरले  एक बर्षको तलब पाउने छन् । करबिर २०६९ साल जेठ २४ गतेबाट शिद्धेश्वर मावि मेल्लचोरामा लेखापाल पदमा कार्यरत थिए । उनलाई  पदीय जिम्मेवारी पुरा नगरेको आरोप लगाएर विद्यालयबाट   निकालिएको थियो  । काम गरेको एक दशक पछि २०७९ फागुन १३ गते भट्टराईलाई  विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले हटाउने निर्णय गरेको थियो।

विद्यालय परिवारले हटाउने निर्णय गरेपछि  भट्टराई अन्याय  भएको  भन्दै  अदालत गएका थिए । अदालतले आफुलाई न्याय दिलाएको  उनले  बताए । अदालतको  आदेश पछि आफु विद्यालयमा हाजिर भएको भट्टराईले बताए । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update