Sagun Khabar
नेकपा एमाले दनपा नगर अधिवेशन चैत्र ८ गते  

बैतडी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)  दशरथचन्द नगर कमिटिको बैठक सम्पन्न भएको  छ । आइतबार  एमाले बैतडीको  पार्टी  कार्यालय  गढीमा बैठक सम्पन  भएको हो ।

नगर कमिटि कार्यबाहक अध्यक्ष नारायण प्रशाद भट्टको  अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय  सदस्य  लिलाधर भट्टको  प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको नेकपा एमाले दशरथचन्द  नगर कमिटि सचिव मनोज बोहराले  जानकारी दिए । सम्पन्न बैठकले नेकपा एमाले दशरथचन्द  नगर कमिटिको  ११ औँ अधिवेशन चैत्र ८ गते गर्ने निर्णय गरेको  उनले  बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

अधिवेशन पार्टी कार्यालय गढीमा हुने छ । अधिवेशनका लागि ६ गते  प्रतिनिधि छनोट हुने नगरकमिटि सचिव बोहराले बताए । अधिवेशनका लागि २५ जना संगठित सदस्य बाफत दुई पुरुष र एक महिला गरि  ३ जना प्रतिनिधि  छनोट हुने उनले बताए । यस्तै  दलित कलस्टरमा पनि  २५ जना संगठित सदस्य बाफत ३ जना प्रतिनिधि छनोट हुने बताइएको  छ ।

अधिवेशनको  मिति तोकिए संगै नयाँ नेतृत्व चयनका लागि तयारी थालिएको  नेकपा एमाले  दशरथचन्द नगर कमिटिले  जनाएको  छ । अधिवेशनका लागि करिब २ सय  जना प्रतिनिधि छनोट हुने बताइएको  छ। 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update