Sagun Khabar
नेपाल शिक्षक संघ बैतडीको प्रतिनिधि सभा सकियो 

बैतडी –नेपाल शिक्षक संघ बैतडीको २१ औं जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका हाटस्थित डिलेश्वरी माविमा शनिबार प्रतिनिधि सभा सम्पन्न भएको हो । 

सभाले नेपाल शिक्षक संघले बर्षदिनभित्र गरेका कामहरुको बारेमा छलफल गर्नुका साथै आगामी कार्ययोजना निर्माण गरेको नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए । 

यस्तै शिक्षक संघको जिल्ला प्रतिनिधि सभाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण सञ्चालन गर्ने, महिला शिक्षकहरुको भेला सम्पन्न गर्ने, शिक्षक सहकारी संस्था सञ्चालनका लागि पहल गर्ने लगायतका निर्णय समेत गरेको छ । 
यस्तै गएको असोज ५ गते नेपाल सरकार र शिक्षक महासंघबीच भएको सम्झौता कार्यान्वयनमा समेत सभाले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष भण्डारीले जानकारी दिए । 

जिल्ला प्रतिनिधि सभामा नेपाल शिक्षक संघका जिल्ला कार्यसमितिका पदाधिकारी लगायतका सदस्यहरु, सल्लाहकार, शिक्षक संघका महाधिवेशन प्रतिनिधि र नेपाली कांग्रेसका नेताहरुको समेत सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update