Sagun Khabar
विपी विचार राष्ट्रिय समाज बैतडीको सभापतिमा पुनः भण्डारी 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –विपी विचार राष्ट्रिय समाज बैतडीको सभापतिमा पुनः रमेशसिंह भण्डारी चयन भएका छन् । शनिबार बैतडीको पुर्चौंडीमा सम्पन्न भएको समाजको चौथो जिल्ला अधिवेशनले भण्डारीलाई सभापतिमा चयन गरेको हो । 

यसअघि पनि भण्डारी समाजको अध्यक्ष रहेका थिए । विपी विचार राष्ट्रिय समाजको विधान अनुसार सभापति चयन भएपछि अन्य पदाधिकारी र सदस्यहरु सभापतिले मनोनयन गर्ने प्रावधान रही आएको छ । 

सभापति भण्डारीले केही दिनमै समाजको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु मनोनित गर्ने बताएका छन् । यस्तै जिल्लाबाट ३ जना केन्द्रीय प्रतिनिधि समेत छनौट गरिने भण्डारीले बताए । नयाँ समितिको कार्यकाल तीन बर्षको रहने छ । 
विपी कोइरालाका विचारहरुलाई विस्तार गर्न र विपीको समाजवादलाई विस्तार गर्नका लागि समाजले काम गर्दै आएको सभापति भण्डारीले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update