Sagun Khabar
सन नेपाल लाइफले गर्यो अभिकर्ताहरुलाई सम्मान 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सन नेपाल लाइफले अभिकर्ताहरुलाई सम्मान गरेको छ । शनिबार बैतडी सदरमुकाममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बैतडीका अन्डरराइटिङ सुमित्रा चन्दले बताइन् । 

कम्पनीकातर्फबाट अभिकर्ता रीता बडू र कलावती जोशीलाई सम्मान गरिएको उनले बताइन् । उक्त कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रमुख लक्ष्मीकान्त जोशी घोडासैनी, डडेल्धुरा शाखाका प्रमुख मनिराम साउँद, बैतडीका शाखाका प्रमुख बिष्ना चन्द लगायतको सहभागिता रहेको थियो । 

अभिकर्ताहरुले गरेको कामलाई थप प्रोत्साहन गर्न अभिकर्ता सम्मान कार्यक्रम राखिएको अण्डरराइटिङ चन्दले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update