Sagun Khabar
बैतडीका १३ जनालाई कञ्चनपुरमा निःशुल्क कार ड्राभिङ तालिम
स्वास्थ्य सन्देश
Atrya hospital

 बैतडी -  बैतडीका १३ जनालाई निः शुल्क कार ड्राभिङ तालिम दिइदै छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयको सहयोगमा जिल्लाका १३ जनाले कञ्चनपुरमा निःशुल्क कार ड्राभिङ तालिम लिदै छन् । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको भगत सर्वजित कार्यक्रम अन्तर्गत जिल्लाका १३ जना युवाहरु   १ महिने कार ड्राभिङ तालिम लिइरहेका  घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त भट्टले जानकारी दिए ।

पछाडि परेको समुदायकका व्यक्तिहरुलाई सीप सिकाएर आत्म निर्भर बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको उनले बताए । उनका अनुसार तालिममा पुर्चौडी नगरपालिकाबाट ३ , सिगास गाउँपालिकाबाट ३, पञ्चेश्वर गाउँपालिकाबाट ३ जना सहभागि छन् । यस्तै मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकाबाट २ ÷२ जना तालिममा सहभागि छन् । कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको श्रीकृष्ण ड्राभिङ  सेन्टरमा उनीहरुले तालिम लिइरहेका छन् ।

तालिममा सहभागिहरुको गास बासको खर्च  घरेलु तथा साना उद्योग कार्यालय बैतडीले व्यहोरेका   प्रमुख भट्टले बताए । फागुन १९ गते  देखि सञ्चालन भएको तालिम यहि चैत १८ गते सकिदै छ । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update