Sagun Khabar
बागलुङमा बस दुर्घटना,७ जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बागलुङ—रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बताए । गाडीमा ३२ जना यात्रु थिए ।

घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update