Sagun Khabar
बागलुङमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाकै सनाखत
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ  – बागलुङमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका बस चालक सुवास गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका  जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस हिजो बेलुका  बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

सातजनाको घटनास्थलमै र दुईजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये  २१ जनाको  धौलागिरी अस्पताल बागलुङ र ५ जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केसीले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update