Sagun Khabar
भारतको पिथौरागढमा सीमा समन्वय बैठक सम्पन्न 

बैतडी–भारतको पिथौरागढमा नेपाल र भारतका अधिकारीहरुबीचको सीमा समन्वय बैठक मंगलबार सम्पन्न भएको छ । भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताका बिषयमा बैठकमा छलफल भएको छ । 

यस्तै दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका बिषयमा बैठकमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैठकमा नेपालको बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रीना जोशी लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टा अगाडी सीमा नाका बन्द गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । 

बैठकमा द्विपक्षीय सीमा क्षेत्रका विविध बिषयमा छलफल भएको उनले बताइन् । सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइका बिषयमा समेत बैठकमा छलफल भएको छ । 

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी  नवनीत पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update