Sagun Khabar
अछामको दुई  घरमा आगलागी, एक जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछामको दुई गाउँपालिकाको एक एक घरमा आगलागी भएकोे छ। ढकारी गाउँपालिका र मेल्लेख गाउँपालिकाको एक एक घरमा आगलागी भएको हो।

अछामको ढकारी गाउँपालिका वडा नम्बर–४ बालाताको अडी खर्कमा रहेको पहले टमट्टाको घरमा आज बिहान आगलागी भएको हो। आगलागी हुँदा घरमा रहेको एक तोला सुन, डेढलाख नगद रुपैया, भाडाकुडा, खाद्यान्न सबै जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घर भित्र डोकोमा राखेका बाख्राको पाठाले डोका ढलाई दिएपछि आगोमा परेको डोकाबाट आगो शल्कीएर आगलागी भएको प्रहरीले बताएको छ। यस्तै मेल्लेख गाउँपालिका–४ मा पनि आगलागी भएको छ। कर्णबहादुर साउदले खाना पकाउँदा पेट्रोल खसेर आगोमा पोखिदा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update